काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा ठुलो संख्यामा कर्मचारी चाहिएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयभित्र पर्ने प्रतिष्ठानमा देहाय अनुसारको सेवामा ६ महिना अवधिको लागि प्रशिक्षक तहः ६ सेवा करारमा लिनु पर्ने भएकोले निम्नानुसार योग्यता भएका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आफ्नो व्यक्तिगत विवरण, फोटो एक प्रति, शैक्षिक योग्यता, तालिम र नागरिकताका प्रमाणित प्रतिलिपिहरु सहित यस प्रतिष्ठानमा निवेदन दिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।

सम्बन्धित खबरहरु