काठमाडौं । प्रतिष्ठित ज्योति समूह अन्तर्गतको हिमालयन स्टील प्रा.लि. तथा सह कम्पनीहरुमा विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरिएको छ । उक्त कम्पनीमा काम गर्न इच्छुक व्यक्तिहरुलाई शैक्षिक योग्यताको प्रमाणपत्रहरु, नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण (सिभी) हालसालैको फोटो, आफ्ना दुई जना नजिकका व्यक्तिहरुको नाम र वर्तमान तथा अपेक्षित पारिश्रमिक उल्लेख गरेर आज (माघ २ गते ) देखि १० दिनभित्र आवेदन दिन हुन आह्वान गरिएको छ ।

कार्यस्थल काठमाडौं वा परवानिपुर पर्सामा रहने जनाइएको छ । आफु कुन जिल्लामा काम गर्ने हो त्यो आवेदनमा खुलाउनु पर्नेछ । विज्ञापनमा दुवै ठाउँमा काम गर्न तयार लाई ग्राह्यता दिइने कुरा पनि स्पष्ट पारिएको छ । नियुक्ति प्रक्रिया आगामी एक देखि दुई महिनासम्म सम्पन्न गरिने जनाइएको छ ।

 

कम्पनीमा काम सुरु गर्ने मिति आपसी सहमतिमा हुने भएको छ । कम्पनीका लागि आवश्यक कर्मचारीहरूमा वित्त अधिकृत, वित्त सहायक मानवसंसाधन अधिकृत, मानव संसाधन सहायक, लेखा अधिकृत, लेखा सहायक, चार्टड एकाउन्टेन, प्रशासकीय अधिकृत, प्रशासकीय सहायकलगायत रहेका छन् । यो सबै पदको लागि कम्पनीलाई फुल टाइम अर्थाथ पूर्णकालीन समय काम गर्नसक्ने कर्मचारी आवश्यक परेको स्पष्ट पारिएको छ ।

सम्बन्धित खबरहरु