काठमाडौं । आज काठमाडौं उपत्यकाभित्र केही क्षेत्रहरुमा विद्युत अवरुद्ध गरिएको छ । नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत काटिने जानकारी दिएको छ । प्राधिकरणले सटडाउन तालिका जारी गर्दै विद्युत कटौती गर्न लागेको बताएको छ । प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट करिब २१ ठाउँमा आज अवरुद्ध हुने जनाएको छ ।

Pulchowk Distribution Center को बागमती फिडर अन्तर्गत सानेपा समिट होटल नीर एरियामा HT पोल Relocate गर्ने कार्यको लागि मिती 2077-10-03 11:00 देखी 2077-10-03 13:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु सानेपा राम मन्दिर, गुसिंगाल, एडभांस कलेज, लीला घर, अमरावती, सानेपा ,मोड, रेडियंट स्कुल एरिया लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

Maharajgunj Distribution Center को गणेशस्थान फिडर अन्तर्गत पर्ने धापासी महिला स‌ंघ एरियामा ट्रान्सफर्मर जडान कार्यको लागि मिती 2077-10-03 12:00 देखी 2077-10-03 14:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोक लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

सम्बन्धित खबरहरु