काठमाडौं । नेपालमा गएको २४ घण्टामा थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जनाएको छ ।

योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ५६ संक्रमितको संख्या पुगेको छ । अर्कोतिर २४ घण्टामा ४७७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ५८ छ । हालसम्म पीसीआर विधिबाट २० लाख ८ हजार ९४४ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५४ जना रहेको छ ।

सम्बन्धित खबरहरु