काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापाले देशमा राजा फर्केर आउँने संकेत गर्नुभएको छ । उहाँका अनुसार प्रतिनिधिसभा पुनःस्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापना तर्फ लाग्नु हो ।

उहाँका अनुसार नेकपाभित्र प्रचण्ड–नेपाल पक्ष देशमा राजसंस्था फर्काउन लागिपरेको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी नेकपाले धनकुटाले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले देशलाई बचाउनका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउनुभयो ।

गृहमन्त्री थापाले जनताको बीचमा संघीय गणतन्त्रको नारा लिएर जाने उल्लेख गर्दै संसद पुनःस्थापनाको नारा लिएर हिड्नेहरू पच्छगामी भएको समेत आरोप लगाउनुभयो । राजसंस्था पुनःस्थापना होस् भन्ने चाहना राख्नेहरू अहिले संसद पुनःस्थापनाको माग गर्दै हिडेको थापाको भनाई रहेको छ ।

सम्बन्धित खबरहरु