काठमाडौ । विश्वको दोस्रो अग्लो हिमाल माउण्ट के टुलाई हिउँद याममा आरोहण गरेर नेपालका १० जना पर्वतारोहीले इतिहास रचेका छन् । पाकिस्तानमा अवस्थित माउन्ट केटुमा चिसो मौसममा कसैले पनि चढ्न सकेको थिएन ।
यसरी केटु आरोहण गर्नेहरुमा निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा जी, सोना शेर्पा, मिङ्मा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ रहेका छ्न। पर्वतारोहीका अनुसार केटु चढ्नु सगरमाथा आरोहणभन्दा कठिन कुरा हो किनभने केटु पर्वतको संरचना नै जटिल खालको छ । सफल आरोही सबैलाई हार्दिक बधाई ।
- नेपाल
- पर्वतारोही
- हिमाल
- आरोहण
- विश्व रेकर्ड