काठमाडौ । चर्चित गायन रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा आस्था राउत आउट भएकी छिन् । उनी अबकोचका रूपमा देखिने छैनन्। यो सो बाट आस्थाले आफैले छोडेको बुझिएको छ । उनले व्यक्तिगत कारण देखाउँदै सो छाडेपछि उनको स्थानमा कोचका रूपमा गायिका तृष्णा गुरुङलाई भित्र्याइएको छ।

आस्थाले ‘दि भ्वाइस अफ नेपाल’ टिमको सहमतिमै सो छाडेको प्रतिक्रिया दिइरहेकी छिन् । ‘मेरा केही कामहरू पेन्डिङ थिए। सोलाई निरन्तरता दिएपछि ती काम गर्न भ्याइने अवस्था थिएन। त्यसैले सो छाड्नुपर्यो,’ यो मेरो सहमति र टिमको सहमतिमा नै गरिएको निर्णय हो आस्थाले खुलाइन् ।

कोचका रूपमा सो छाडे पनि ‘गेस्ट जज’का रूपमा सहभागी हुने उनले बताएकी छिन् । आस्था अघिल्लो सिजनमा सोमा जोडिएकी थिइन्। ‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेल पनि आस्थाको भनाइमा सहमत छन्। ‘आस्थाले ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ आपसी सहमतिमै छोड्नुभएको हो,’ उनले भने।

आस्थाले ‘दि भ्वाइस अफ नेपाल’ सिजन ३ को नयाँ कोचका रूपमा तृष्णा नियुक्त भएपछि खुसी लागेको प्रतिक्रिया दिइन्। ‘मेरै सल्लाह अनुसार तृष्णालाई कोच बनाइएको हो,’ उनले भनिन्।

अहिले उक्त सोको सिजन ३ को डिजिटल अडिसन चलिरहेको छ। सोको ब्लाइन्ड अडिसन एक महिनापछि सुरु हुने ‘दि भ्वाइस अफ नेपाल’ टिमले जनाएको छ। सोको कोचमा तृष्णासँगै दीप श्रेष्ठ, राजु लामा र प्रमोद खरेल कायम छन् । कार्यक्रम हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ।

सम्बन्धित खबरहरु