काठमाडौ । अभिनेत्री श्वेता खड्काले विवाहको पार्टी भव्य मनाएकी छिन् । उनले माघ १ गते विवाह पार्टी दिइन्। मङ्सिर २२ मा दोस्रो विवाह गरेकी उनले ठमेलको छाँया सेन्टरमा आफ्नो नयाँ जीवनको खुसी साट्न आफन्त र परिचितहरूलाई डाँकेकी थिइन्। नेपाली फिल्म क्षेत्रकी परिचित नायिका श्वेता निम्ता मान्न चलचित्र क्षेत्रका चर्चित व्यक्तिहरु पुगेका थिए ।

 

उनको पार्टीमा सेलिब्रिटीहरुको बाक्लो जमघट देखियो । गायक प्रमोद खरेल, कलाकार केदार घिमिरे, अभिनेता तथा फिल्म निर्देशक दीपकराज गिरी, अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ लगायत नयाँ पुराना सबै कलाकारहरु त्यहाँ पुगेका थिए । उनी उक्त पार्टीमा सिन्दुरको रातो धर्कोमा खुबै खुलेकी थिइन् । हेरौ तस्विरहरु

सम्बन्धित खबरहरु