काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शितल निवास पुग्नु भएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा के विषयमा कुराकानी भएको भन्नेबारे भने केही खुलाइएको छैन । सामान्यतया प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ । तर पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग धेरै नै भेटघाट गर्न थाल्नु भएको छ ।

सम्बन्धित खबरहरु