ललितपुर । ललितपुर महानगरपालिका(१५ खुमलटारस्थित आकर्षक उपभोक्ता सहकारी संस्थाबाट ताला फुटाएर नगद १ लाख ९८ हजार रुपैयाँ, एनआईसी बैकको खाली चेक, संचय कोष सम्बन्धी कागजातहरु लगायत बिभिन्न सामानहरू सोमबार राति चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उता ईलाम, सूर्योदय नगरपालिका-९ सुन्दरपानी बस्ने पेमा यल्मुको घरमा मंगलबार बिहान आगलागी हुँदा घरमा रहेको किराना पसल, लत्ता कपडा, भाँडा वर्तन लगायतका सामान ज'लेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

अर्घाखाँची, पार्णेनी गाउँपालिका-५ तल्लो अमजा बस्ने टोमकलि समैको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ता कपडा, सुनचाँदी र नगद १ लाख ७५ हजार गरेर करिब ६ लाख ९७ हजार ९ सय बराबरको धनमाल नष्ट भएको छ । स्थानीयको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु