भक्तपुर । भक्तपुरको भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित बिएम रेष्टुरेन्टमा प्रहरीले छापा मारेको छ । छापा मार्दा त्यहाँ नियमित रुपमा ठूलो रकमको तास खेल्ने खेलाउने गरेको तथ्य पत्ता लागेको छ । तास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट संचालक सोही ठाउँ बस्ने ४१ वर्षीय बद्री कोजु लगायत ९ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

उक्त रेष्टुरेन्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ४ सय २० रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता सूर्यविनायक नगरपालिका–६ सुरन्दरबस्ती बस्ने सुमन तामाङको घरबाट तास खेलिरहेको अवस्थामा सुमन लगायत १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख ८९ हजार ९ सय ५० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

सम्बन्धित खबरहरु