काठमाडौं । नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको माओवादीले ललितपुरको ग्वार्कोस्थित हिमाल ग्यासको डिपोबाट ग्यास सिलिन्डर कब्जा गरी वितरण गरेको छ।

ग्वार्खो क्षेत्रमा विप्लवका कार्यकर्ताले डिपोबाट पन्ध्रसय ग्यास सिलिन्डर कब्जा गरी उपभोक्तालाई सित्तैमा बाँडेका हुन्। ग्यासको कालोबजारीविरुद्ध पार्टीले कारबाही स्वरुप यस्तो अभियान थालेको विप्लव नेतृत्वको माओवादीका पोलिट्ब्यूरो सदस्य इश्‍वरी दाहालले बताए।

ग्यास नपाएर उपभोक्‍ताले धेरै दुख पाएपछि जनताको दबाबमा यस्‍तो कारबाही थाल्न वाध्य भएको उनले बताए। सित्तैमा ग्यास बाँड्ने भनेपछि ग्यास लिनेहरुको ठूलो भीड लागेको थियो।
आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु