काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उप–राष्ट्रपति कमला ह्यारिसलाई विश्वभरबाट बधाईको ओइरो आउँदैछ । यो बीचमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बधाई दिनुभएको छ ।

भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ । भण्डारीले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको प्रशंशा पनि गर्नुभयो ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई सन्देश पठाउनुभएको छ । बाइडेनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने ओलीले विश्वास व्यक्त गर्नुभएको छ ।

अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडेनले गएराति पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । अर्कोतिर अमेरिकाको ४९औं पहिलो अमेरिकी महिला उप–राष्ट्रपति बनेकी ह्यारिसले पनि गएराति नै शपथग्रहण गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु