काठमाडौं । संसद् विघटन विरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले आज राजधानीमा विरोध प्रदर्शन गरिरहेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको हो ।

पार्टीका नेता–कार्यकर्ता उपत्यकाका विभिन्न ९ स्थानमा जम्मा भएर जुलुस निकालेका हुन् । सबै र्‍यालीका सहभागीहरू नगर परिक्रमा गर्दै भृकुटीमण्डपमा भेला भएपछि विरोधसभा गर्ने तयारी रहेको छ । विरोधसभा अंग्रेजी अक्षर ‘टी’ आकारमा सञ्चालन गरिएको छ । जुलुसका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त भएको छ ।

प्रचण्ड–नेपाल समूहको बिहीबारको बैठकले केन्द्रीय संघर्ष समितिको अगुवाइमा काठमाडौंमा कार्यकर्ता उतार्ने निर्णय गरेको थियो । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र कलेजबाट निकालिएका जुलुसलाई विभिन्न नेताले नेतृत्व गरेका छन् ।

सम्बन्धित खबरहरु