काठमाडौं । पछिल्लो समय देशमा जारी राजनीतिक संकटबीच देशभर नयाँ डर उत्पन्न भएको छ । यो बीचमा आज काभ्रेका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।

जिल्लाको रोशी गाउँपालिका नार्के स्थित वीपी राजमार्गमा र बनेपा नगरपालिका बुडोल स्थित सडक छेउँमा शंकास्पद वस्तु फेला पारिएको हो । आज बिहान राजमार्गको बायाँ पट्टी सिलिन्डर धमाका भएको हो । त्यस्तै बनेपामा झोलामा कुकर जस्तो देखिने वस्तु भेटिएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो । यस्तै गएराति पनि बनेपामा केही पड्किएको आवाज सुनिएको स्थानीयले बताएका छ्न् । यो घटनाले गाउँलेहरु पनि डराएका छन् ।

सम्बन्धित खबरहरु