काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध आन्दोलनरत नेकपा (दाहाल–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेटवार्ता भएको छ । नेकपाको शक्ति प्रदर्शनपछि दाहाल लैनचौरस्थित उपराष्ट्रपति पुनको निवासमा जानु भएको थियो ।

त्यहाँ उपराष्ट्रपति पुन, दाहाल र भट्टराईबीच वार्ता भएको हो । कुनै बेला एउटै पार्टीमा रहेका दाहाल र भट्टराईको मत ओलीलाई हटाउने विषयमा मिलेको छ तर फरक–फरक दलबाट आन्दोलन गर्दा ओलीविरुद्धको शक्ति विकेन्द्रित भइरहेको उनीहरूले बताउँदै आउँनु भएको छ ।

बाहिर कार्यगत एकताको चर्चा चलिरहेका बेला उहाँहरुबीच शुक्रबार उपराष्ट्रपति पुनसमेतको उपस्थितिमा भेट भएको हो । भट्टराईले संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप आफूले दाहाललगायतका नेताहरूलाई भेटेको स्पष्टिकरण दिनु भएको छ ।

https://twitter.com/brb1954/status/1352674384880791560

सम्बन्धित खबरहरु