काठमाडौं । दाङको लमहीस्थित अजम्मरी सामुदायिक वनमा मृतावस्थामा चितुवा फेला परेको छ । चितुवा केही दिनअघि नै मरेको हुनसक्ने डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत पुरण चौधरीले आज जानकारी दिनुभयो ।

उहाँका अनुसार दाउरा लिन गएका स्थानीयवासीले देखेपछि वन कार्यालयलाई खबर गरेका थिए । चितुवाको घाँटीमा पासो लागेकोजस्तो निशान फेला परेको छ । जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुनसक्ने जनाइएको छ । चितुवालाई परीक्षण गरी व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु