काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिनुभएको छ । आइतबार उहाँले आफ्नै मौलिक समारोह आयोजना गरेर जाङ्मु शेर्पासँग विवाह गर्नुभएको हो ।

 

काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी हुनुभयो । ४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएको देख्न सकिन्थ्यो । अहिले उक्त तस्विर कपल अफ दि इयर भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 

राईको पुख्यौंली घर भोजपुर हो भने शेर्पाको संखुवासभा हो । काठमाडौंमा हुर्केबढेकी शेर्पाका आमाबाबु हाल अमेरिकामा बस्दै आउनुभएको छ । उहाँ मोडल समेत हुनुहुन्छ । मिस मंगोल २०१८ को उपाधि समेत जित्नुभएको उहाँले म्युजिक भिडियोमा अभिनय गर्नुका साथै स्टेज शो सञ्चालन गर्दै आउँनुभएको छ ।

 

शेर्पासँग एक कार्यमा राईको भेट भएको र उक्त भेटपछि राईले प्रेम प्रस्ताव राख्नुभएको खुल्न आएको छ । उहाँहरुबीच केही बर्ष अघिदेखि नै प्रेम थियो । तर शेर्पा वैवाहिक उमेर पुरा नभएका कारण विवाह ढिला भएको स्रोतले खुलायो । तस्विर स्रोत :- ध्रुव सुवेदी

सम्बन्धित खबरहरु