काठमाडौं । भारतीय सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार सिक्किममा दुई देशका सैनिकबीच हात हालाहाल भएको छ । लद्दाखपछि भारत र चीनका सैनिकबीच सिक्किममा तनावपूर्ण अवस्था सिर्जना भएको हो ।

 

चिनियाँ सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मिच्न खोजेपछि दुई देशका सैनिकबीच विवाद भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

झडपमा भारतीय र चिनियाँ दुवैतर्फका सेना घाइते भएका छन् । तीन दिन पहिला सिक्किमको ना कुलामा चीनले एलएसी बदल्ने कोशिस गर्दै भारतीय क्षेत्रमा प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको थियो ।

त्यस समयमा भारतीय सैनिकहरुले चिनियाँ सैनिकलाई रोकेका थिए । यस क्रममा चीन र भारतका सैनिकबीच भएको झडपमा चार भारतीय र २० चिनियाँ सैनिकहरु घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमकाअनुसार अहिले स्थिति तनावपूर्ण रहेपनि स्थिर छ । भारतीय वरिष्ट सैनिक अधिकारीका अनुसार सिमामा मौसम खराब भएपनि कडा सुरक्षा लिइएको छ ।

सम्बन्धित खबरहरु