काठमाडौं । गत २४ घण्टामा नेपालमा थप ३३९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । २४ घण्टामा देशभर ४ हजार ८ सय ५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ४०१ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ । अर्कोतिर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०११ पुगेको छ ।

सम्बन्धित खबरहरु