काठमाडौ । काठमाडौको बालाजुमा बुबा पुष्पपति बज्राचार्य र आमा पम्फा देवी ठकुरीको कोखबाट जन्मिनुभएका आवाज मान बज्राचार्य सफल युवा पुस्ताका उदाहरण हुनुहुन्छ । हाृटल र पर्यटन व्यबसायमा उहाँले पाएको सफलता जो कोहीका लागि प्रेरणाको स्रोत बन्नेछ । छोटो समयमा नै नेपालमा मात्र हैन छिमेकी मित्रराष्ट्र चीनमा समेत उहाँ स्थापित व्यवसायी हो ।

त्यहाँ उच्च दरमा आम्दानी गर्ने मात्र हैन राज्यलाई धेरै कर बुझाउने व्यवसायीको सूचिमा हुनुहुन्छ । उहाँका चीनमा तारे होटलदेखि, सुन पसल, पार्लर, रेष्टुरेण्टहरु समेत सञ्चालनमा छन् । उहाँले सृजना गरेका ब्राण्ड चीनमा मात्र नभइ नेपाल हुँदै जाने र अरु देशबाट चीनमा पुग्ने पर्यटकहरुमा समेत चर्चित छ । मानसरोवर यात्राका लागि पुग्ने अधिकांश पर्यटक उहाँका होटल र रेष्टुरेण्टमा नपुगी फर्किदैनन् ।

अहिले नेपालमा समेत उहाँले व्यबसायीक भवन निर्माण गरेर विभिन्न व्यवसायलाई भाडामा दिनुभएको छ । त्यही भवनमा टुकीघर फ्रुट ग्यालरी एण्ड रेष्टुरेण्ट सञ्चालनमा ल्याउँनुभएको छ । उहाँको सफलताको प्रेरणादायी कथा अब उहाँबाटै सुनौ ।

सम्बन्धित खबरहरु