काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा प्रतिनिधिसभा विघटनविरुद्ध के गर्ने भन्ने विषय लामो समयदेखि चर्चामा रहेको छ । यो बीचमा सडक संघर्षका थप कार्यक्रम ल्याउन नेतृत्वलाई दबाब परेको खबर सार्वजनिक भएको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितको पक्षले मंगलबारको केन्द्रीय कार्यसमिति बैठकबाट विरोध कार्यक्रम घोषणा गर्नुपर्नेमा जोड दिएको हो ।

महामन्त्री शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा सोमबार बसेको पौडेल पक्षको बैठकले आन्दोलनका कार्यक्रम ल्याउन सामूहिक दबाब दिने निष्कर्ष निकालेको हो ।

वडा तहसम्मै विरोध कार्यक्रम भइसकेकाले अब अदालतको निर्णय पर्खनुपर्छ भन्दै आएका सभापति देउवा पनि आन्दोलनका कार्यक्रम ल्याउन सकारात्मक बनेको जनाइएको छ ।

देउवाले सोमबार आफूनिकट नेताहरूसँग यसबारेमा छलफल गर्नुभएको थियो । पार्टीमा आन्दोलनको मुद्दा उठाउन नछाडेपछि त्यसलाई रोक्न खोज्दा गलत सन्देश जाने बुझाइ नेताहरुको रहेको छ ।

सम्बन्धित खबरहरु