काठमाडौं । पूर्वपश्चिम राजमार्गको रत्ननगरमा बसले मोटरसाईकलाई ठक्कँर दिँदा दुई जनाको आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बुको टापटिङका २४ वर्षीय अनिल मगर र पछाडि सवार सुनसरी धरानका २० वर्षीय गौरव राई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दाँया मोड्ने क्रममा बा २ ख ५६७४ नं को सनराइज बोर्डिङ बसले विपरीत दिशाबाट जाँदै गरेको बा ९२ प ५२०४ नं मोटरसाईकललाई ठक्कर दिएको थियो। गम्भीर घाइते दुबै जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

बिहान ९ः२० बजे घटना भएको र दुबै जनाको अस्पताल ल्याउना साथ ९ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाका दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार छन्। रासस

सम्बन्धित खबरहरु