काठमाडौं । पछिल्लो परीक्षण अवधिमा कोभिड–१९ को सङ्क्रमण ३०३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा चार हजार ५७४ को परीक्षण गर्दा ३०३ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये १३० महिला र १७३ पुरुष रहेका छन् ।

आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार ९२ पुगेका छन् । काठमाडौँ उपत्यकामा १७२ जना सङ्क्रमित फेला पारेका छन् । फेला परेकामध्ये महिला ७४ र पुरुष ९८ जना रहेका छन् ।

यस्तै सङ्क्रमणबाट निको भएर आज २८५ जना घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ६४ हजार ८२३ जना निको भएर घर फर्किएका छन् । निको हुने दर ९८.१ प्रतिशत रहेका छ ।

यस्तै कोभिड–१९ सङ्क्रमितमध्ये ७४९ जना सघन उपचार कक्ष(आइसियु) र १३९ जना भेन्टिलेटरमा उपचार गराइरहनुभएको छ ।

आइसियुमा प्रदेश नं १ का १४ जना, प्रदेश–२ का एक जना, वागमती प्रदेशका ४११ जना, गण्डकी प्रदेशका २८ जना, लुम्बिनी प्रदेशका १९२ जना, कर्णाली प्रदेशका छ जना र सुदूरपश्चिम प्रदेशका ९७ जना रहेका छन् ।

यस्तै भेन्टिलेटरमा प्रदेश–१ का चार जना, वाग्मती प्रदेशका ४४ जना, गण्डकी प्रदेशका ६२ जना, लुम्बिनी प्रदेशका २७ जना तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷एक जना रहनु भएको छ ।

यसैगरी सङ्क्रमणबाट आज एकै दिन छ जनाको निधन भएको छ । अहिलेसम्म निधन हुनेको सङ्ख्या दुई हजार १७ पुगेको छ । नेपालमा प्रति १० लाखमा ६९ प्रतिशत सङ्क्रमितको निधन हुने गरेको छ ।

यस्तै ५०० भन्दा बढी सङ्क्रमित हुने काठमाडौँ जिल्ला मात्र रहेको छ । यस्तै सङ्क्रमित शून्य हुने जिल्ला कालिकोट, रुकुम पश्चिम र मुगु रहेका छन् । यसैगरी संस्थागत आइसोलेशनमा दुई हजार ५०३ र १२२ जना क्यारेन्टिनमा रहेका छन् ।

सम्बन्धित खबरहरु