काठमाडौं । लामो समयसम्म सामाजिक सञ्जालमा भाइरल भएका व्यक्ति गम्भीर प्रकरणमा समातिएका छन् ।

गत साउन १७ गते दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल भएका अर्जुन विक जबरजस्ती करणी, अपहरण र शरीर बन्धकको अभियोगमा समातिएका हुन् ।

उनी १३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइल गएको भन्दै झुटो खबर बताएर सामाजिक सञ्जाल र युट्युबमा भाइरल भएका थिए ।

अर्जुनले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्ने मौका पनि पाएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विकलाई गत बिहीबार काठमाडौंको तीनकुनेबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

विकविरुद्ध गत भदौ ११ गते कैलाली अदालतमा अभियोगपत्र दर्ता भएको थियो ।

अभियोगपत्रमा विकले २०७३ जेठ ३० गतेदेखि २०७७ साउन १५ गतेसम्म पीडितलाई काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित कोठामा बन्धक बनाएको र बलात्कार गरेको आरोप लागेको छ ।

सम्बन्धित खबरहरु