काठमाडौं । सर्वोच्व अदालतमा सुनुवाइ भइरहेको विषयमा बोलेका तीन पूर्वप्रधानन्यायाधीशविरुद्ध मुद्दा दायर भएको छ । प्रतिनिसिभा विघटनलाई असंवैधानिक भनेर विज्ञप्ति निकाल्ने चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो ।

अधिवक्ता धनजित बस्नेतले उहाँहरूमाथि अदालतको अवहेलना गरेको भन्दै रिट निवेदन दर्ता गर्नु भएको हो । अदालतमा विचाराधीन मुद्दामा न्यायीक निरोपणको कार्यलाई प्रभाव पार्ने र अदालत प्रति जनताको विश्वास घटनाउने गरी विज्ञप्ति जारी गरिएको अधिवक्ता बस्नेतको आरोप छ ।

पुस २४ गते चार जना पूर्वप्रधानन्यायाधीशहरूले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिनिधसभा विघटनलाई असंवैधानिक भएको जनाएका थिए । उनीहरूले विज्ञप्ति जारी गर्नुअघि नै यो विषयमा सर्वोच्चको संवैधानिक इजलासमा यस विषयमा बहस चलिरहेको थियो ।

सम्बन्धित खबरहरु