काठमाडौं । नेपालमा गत २४ घण्टामा देशभर २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी दिएको हो ।

२४ घण्टामा ४ हजार ३८२ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ५७ हजार ६९ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

सक्रिय संक्रमितको संख्या ३ हजार २८६ छ भने क्वारेन्टाइनमा १२२ जना रहेका छन् । अर्कोतिर २४ घण्टामा २४६ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ३ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २० छ । तपाईंलाई जानकारी गराउ कि काठमाडौं उपत्यकामा १४५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १२२, ललितपुरमा १४ र भक्तपुरमा ९ जना रहेका छन् ।

सम्बन्धित खबरहरु