काठमाडौ । सरकारले सत्यमोहन जोशी र माधव घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरिएको आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वतङले जानकारी दिनुभयो ।

यसै साता बसेको मन्त्रिपरिषद बैठकले वन ऐन नियमावली कार्यविधि लागू गर्ने निर्णय गरेको छ भने वन नियमावली, २०७१ खारेज पनि गरेको छ । वन मन्त्रालयको प्रस्तावमा वैज्ञानिक वन व्यवस्थापन कार्यविधिलाई नयाँ ढंगले लागु गर्ने निर्णय पनि भएको मन्त्री गुरुङले बताउनुभयो । मन्त्रिपरिषद् बैठकले नेपालमा भएका जनआन्दोलनमा बेपत्ता, योद्धा, द्धन्द्धपीडितको अभिलेख गर्ने, सम्मान परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

यसका लागि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको संयोजकतत्वमा तीन सदस्यीय एक समिति गठन गरेको छ । नागरिक एप र डिजिटल फ्रेमवर्कबारे यसै साता भित्र वृहत पत्रकार सम्मेलन गर्ने पनि सरकारले निर्णय गरेको छ । बुधबार पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले पुस २९, माघ ५ र ११ गतेको बैठकका निर्णय सार्वजनिक गर्नुभएको थियो ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

संवत् २०7 साल माघ 11 गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

 

 क्र.स. मन्त्रालय निर्णयको संक्षिप्त व्यहोरा
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय महान्यायधिवक्ताको कार्यालयको संस्थागत सुधार कार्यक्रमअन्तर्गत सूचना प्रविधि अधिकृतको अस्थाई दरबन्दी सिर्जना गर्ने।
२. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं.१) अन्तर्गत देहायका चारकिल्लाभित्र पर्ने ५४९ विघा जग्गालाई दाङ औद्योगिक क्षेत्र घोषणा गर्ने।

पूर्वः लमही घोराही सडक

पश्‍चिमः पाण्डेश्वर धार्मिक वन

उत्तरः बबई नदी

दक्षिणः वन क्षेत्र।

३. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय फेवातालको चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिका संयोजकका लागि कार्य प्रारम्भ भएको मिति देखि मासिक ५६ हजार ८ सय ४० रुपैयाँका दरले ६ महिनाका लागि पारिश्रमिक तथा भत्ता उपलब्ध गराउने।
४. रक्षा मन्त्रालय नेपाली सेनाका सहायक रथी हिरालाल जोशी र महासेनानी रबिन्द्र के.सी.को बढुवा गरी पदस्थापन गर्ने र उपरथी बालकृष्ण कार्की समेत एघार रथीबृन्द तथा छ पाईलट महासेनानीहरुको सरुवा गर्ने।
५. वन तथा वातावरण मन्त्रालय (क)    वन ऐन, 2076 कार्यान्वयनका लागि आवश्यक पर्ने नयाँ वन नियमावली यथाशीघ्र तर्जुमा गरी तदनुरूपको कार्यविधि वा निर्देशिका बनाई लागू गर्ने।

(ख)    वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, 2071 खारेज गर्ने ।

(ग)      वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, 2071 अनुरूप वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएका बाहेकका सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन र साझेदारी वनमा कटान भई घाटगद्दीमा रहेका र वन क्षेत्रमा विभिन्न अवस्थामा रहेका काठ दाउरा प्रचलित कानुनबमोजिमको प्रक्रिया पूरा गरी सदुपयोग, विक्री वितरण तथा ओसारपसार खुला गर्ने ।

(घ)      वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, 2071 अनुसार हालसम्म कटान भई घाटगद्दीमा  रहेका वा वन क्षेत्रभित्र विभिन्न अवस्थामा रहेका काठ दाउराहरू घाटगद्दीमा सुरक्षित राखी ग्रेडिङसहितको विवरण डिभिजन वन कार्यालयले प्रदेश वन निर्देशनालय र प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत् 15 दिनभित्र वन तथा वातावरण मन्त्रालयसमक्ष पेश गर्ने।

६. सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वाङ्गमय शताव्दी पुरुष डा. सत्यमोहन जोशी र राष्ट्रकवि डा. माधव प्रसाद घिमिरेको तस्वीर अंकित छपाई भई आएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने।
७. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०७७ स्वीकृत गर्ने।
८. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टिनसम्बन्धी आदेश, २०७७ स्वीकृत गर्ने।
९. नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै जनआन्दोलन र सशस्त्र सङ्‌घर्षका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख सङ्कलन गर्ने र उहाँहरूलाई नेपाल सरकारको तर्फबाट सम्मान एवं परिचय पत्र उपलब्ध गराउने सम्बन्धमा मन्त्रिपरिषद्को आगामी बैठकमा प्रस्ताव पेश गर्न माननीय परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा माननीय खानेपानी मन्त्री मणिचन्द्र थापा र माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङफे सदस्य रहनुभएको एक समिति गठन गर्ने।

संवत् २०7साल माघ 5 गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

क्र.स. मन्त्रालय निर्णयको संक्षिप्‍त व्यहोरा
१. अर्थ मन्त्रालय नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृत गर्ने।
२. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको पदावधि थप गर्ने।
३. रक्षा मन्त्रालय नेपाली सेनाका प्राविधिक महासेनानी प्रकाश मानन्धरको पदावधि थप गर्ने।
४. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७७।९।२० को बैठकबाट कोभिड-१९ विरुद्धको खोप भण्डारण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तोकेको स्थान, डिजाइन र लागत अनुमान अनुसारको बजेट भित्र रही केन्द्रमा एक र सातै प्रदेशमा एक-एकवटा गरी जम्मा ८ वटा भण्डारण गृह खरिद प्रक्रिया बाहेक दुई महिना भित्र निर्माण गर्न शहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मा दिने।
५. अर्थ मन्त्रालय समपूरक अनुदान सम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ र विशेष अनुदान सम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ स्वीकृत गर्ने।
६. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रिय लैङ्गिक समानता नीति, २०७७ स्वीकृत गर्ने।

संवत् २०7 साल पुस 29 गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

क्र.स. मन्त्रालय निर्णयको संक्षिप्‍त व्यहोरा
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय संयुक्त राष्ट्रसंघ अन्तर्गतको विकास नीति समितिको सन् २०२१ को जनवरी १३ मा हुने अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने सम्बन्धी विज्ञ समूहको बैठक एवं त्रिवर्षीय समीक्षा सम्बन्धी अन्य बैठकहरुमा नेपालको धारणा (Nepal’s Statement on LDC Graduation for 2021 Triennial Review) प्रस्तुत गर्न स्वीकृति दिने।
२. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल पेट्रोलियम ऐन, २०4० लाई संशोधन तथा एकीकरण गर्न बन्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।
३.
४. परराष्ट्र मन्त्रालय २१ जनवरी २०२१ मा टर्कीको अंकरामा भर्चुअल माध्यमबाट आयोजना हुने Asia Cooperation Dialogue (ACD) को सत्रौं मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउन माननीय परराष्ट्र मन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने।
५. परराष्ट्र मन्त्रालय 15 जनवरी 202१ नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा सहभागि हुने माननीय परराष्ट्र मन्त्री नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन  गर्ने।
६. रक्षा मन्त्रालय नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी धर्मेन्द्र कुमार झालाई प्राविधिक महासेनानी दर्जामा बढुवा गर्ने।
७. रक्षा मन्त्रालय सैनिक सेवा (तेस्रो संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने।
८. वन तथा वातावरण मन्त्रालय महाकाली सिँचाइ आयोजनाले वन क्षेत्र प्रयोग गर्दा मं.प.बाट तोकिएका केही शर्तहरू संशोधन गर्ने।
९. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सम्माननीय प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार (अवैतनिक) पदमा मोतीलाल दुगड, मोरङलाई नियुक्त गर्ने।
१०. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय महिला उद्यमशीलता सहजीकरण केन्द्र सञ्चालन कार्यविधि, 2077 स्वीकृत गर्ने।
११. राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव श्री भरतमणि सुवेदीलाई नेपाल प्रशासन सेवाको समूहीकरण (क्लष्टर) तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने।

सम्बन्धित खबरहरु