काठमाडौ । काठमाडौं महानगरपालिका २६ लैनचौर ईलाकाबाट माघ १४ गते एपीएफ टोलीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाउँपालिका वडा नं. ३ घर भई काठमाडौंको सामाखुशी टाउन प्लानिङ्ग बस्ने २८ वर्षिय कृष्ण चौलागाई छन् ।

[caption id="attachment_321533" align="alignnone" width="750"]Police Police[/caption]

एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गुल्मबाट खटिएको एपीएफ टोलीले निज चौलागाईलाई लैनचौरबाट उक्त कटुवा पेस्तोल र एउटा मोवाईल सेटसहित पक्राउ गरेको हो । एपीएफ टोलीले पक्राउ परेका निज चौलागाईलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद कटुवा पेस्तोल र मोवाईलसहित नेपाल प्रहरीलाई बुझाएको छ ।

 

सम्बन्धित खबरहरु