काठमाडौं । चर्चित ट्रान्सजेन्डर नेपाली मोडल अन्जली लामाले हलिउडमा डेब्यू गर्ने पक्का भएको छ । ६ भागमा निर्माण हुने ‘वुमन स्टोरिज’ मा अन्जलीसँगै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज, मार्सिया गे हार्डेनलगायतको अभिनय रहने जनाइएको छ ।

तपाईंलाई जानकारी गराउ कि यो फिल्म ज्याकलिनको पनि हलिउड फिल्म हो । विभिन्न देशका महिला निर्देशकहरुले निर्देशन गर्ने फिल्ममा कलाकार पनि महिला नै रहने निर्माण पक्षले जानकारी दिएको छ । फिल्मको छायांकन इटाली, भारत र अमेरिकामा गर्न लागिएको छ ।

ज्याकलिन र अन्जलीको कथालाई भने लीना यादवले निर्देशन गर्ने बताइएको छ । लीनाले यसअघि ‘पार्च्ड’, ‘तीन पत्ती’, ‘शब्द’ लगायतको चलचित्र निर्देशन गरेकी छन् । अन्जलीले फिल्मबारे छापिएको समाचारको लिंक इन्स्टाग्राममा सेयर गर्दै खुशी व्यक्त गरेकी छन् ।

 

 

सम्बन्धित खबरहरु