काठमाडौ । साताको चौथो दिन आज बुधबार शेयर बजार उकालो लागेको छ । मंगलवार घटेपनि केही करेक्शन भएको थियो । मंगलवार १७ दशमलव ७९ अंक घटेको बजार बुधवार १८ दशमलव ७६ अंकले बढेको हो । बुधवार बजार २ हजार ४४१ दशमलव ८५ विन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचक बढेपनि यो दिन सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ८६ अंक घटेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स ४४६ दशमलव ३८ विन्दुमा झरेको हो । बुधवार कारोबार रकमले उच्चता लिने क्रमले निरन्तरता पाएको छ । यो दिन रू. ८ अर्ब ६ करोड २ लाख ३८ हजार बराबरको शेयर कारोबार भएको हो । यो कारोबार २०८ ओटा कम्पनीको ५९ हजार १५१ पटकको व्यापारमा भएको हो ।

 

उक्त रकम बराबरको १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता शेयर कारोबार भएको छ । मंगलवारको तुलनामा भने कारोबार रकम घटेको हो । मंगलवार रू। ८ अर्ब २७ करेड ९६ लाख ४ हजार बरावरको शेयर खरीदविक्री भएको थियो । बुधवार सर्वाधिक रकमको कारोबार गर्ने र सर्वाधिक मूल्य बढ्ने कम्पनीको स्थान नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । यो दिन कम्पनीले ५१ प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेको छ । लाभांश पछिपनि नेपाल लाइफको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी देखिएको छ ।

कम्पनीको रू। ९३ करोड ३४ लाख २३ हजार बराबरको शेयर कारोबार भएको हो भने ९ दशमलव ९९ प्रतिशतले शेयरमूल्य बढेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। २१९ ले बढेर अन्तिम मूल्य रू। २ हजार ४११ पुगेको छ । नेपाल लाइफसँगै यस दिन अन्य ६ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

 

आरम्भ चौतारी लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, गुराँस लघुवित्तको ९ दशमलव ९७ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ९६ प्रतिशत ,प्रभ लाइफको ९ दशमलव ९१ प्रतिशत, नेशनल हाइड्रोपावरको ९ दशमलव ८५ प्रतिशत र एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ९ दशमलव ८२ प्रतिशतले बढेको हो । दोहोरो अंकले बढेको बजारमा पोखरा फाइनान्सको शेयरमूल्य सर्वाधिक ७ दशमलव शून्य ५ प्रतिशतले घटेको छ । पोखरा फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू। २१ ले घटेर रू। २७७ मा झरेको हो ।

यो जीवन बीमा समूहको परिसूचक सर्वाधिक ६ दशमलव २५ प्रतिशत बढेको छ । त्यस्तै निर्जीवन बीमा समूहको ३ दशमलव ९८ प्रतिशत, व्यापारिक समूहको १ दशमलव १४ प्रतिशत, लघुवित्तको १ दशमलव ६९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव २७ प्रतिशत बढेको छ ।

 

यस दिन होटल समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यद्यपि, शेयर बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश बढेसँगै उनीहरुको मनोबल पनि बढेको देखिएको छ ।

सम्बन्धित खबरहरु