काठमाडौ । पैसा ठिक्क पार्नुहोस् है अब आईपीओ खुल्दैछ । महिला लघुवित्तले साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति पाएको छ । लघुवित्तले धितोपत्र बोर्डबाट माघ ८ गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । उसले आईपीओ खुला गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले प्रति शेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

 

हाल कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

 

 

सम्बन्धित खबरहरु