काठमाडौ । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल भर्खरै पक्राउ परेका छन् ।

 

त्रिपुरेश्वरस्थित घरबाटै उनलाई बुधबार पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभएको छ । अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ ।

गत ३० मंसिरमा उखु किसानलाई भुक्तानी नदिने उद्योगलाई पक्राउ गरी रकम असूल्ने निर्णय गृह मन्त्रालयले गरेको थियो । यसअघि २०७५ कात्तिकमा पनि उनी उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा पक्राउ परेका थिए ।

 

सम्बन्धित खबरहरु