काठमाडौ । जुन दिन धरहरा ढलेको थियो । अर्थात् आउँदो वैशाख १२ गते नै धरहरा निर्माण सकेर उद्घाटन गर्ने लक्ष्य थियो । धरहरा पुननिर्माणको अहलेसम्मको प्रगतिले त्यसो हुनु चुनौतिपूर्ण देखिन्छ । तर काम तिव्र गतिमा भइरहेको छ ।

विभिन्न कारणले व्यवसायीले साइटहरु नपाउनु, पाएको साइटमा तत्काल काम थाल्न नसक्नु र कोभिड १९ महामारीका कारण कामदारको अभावका कारण धरहरा, सुन्धारा तथा मुद्रा र भूकम्प संग्रहालय सबैको काम सकेर वैशाखमै उद्घाटन गर्ने अवस्थासम्म कठिन भने देखिन्छ ।

अहिले २४ औं तला ढलानका लागि काम सकिएको छ । धरहराको संरचना करिब ९५ प्रतिशत पुरा भएको छ । अब बाल्कोनी, दुई तला (एक घेरो) त्यसपछि गजुर । पहिलको तुलनामा ठूलो भएको धरहराले अब गजुर समेत अग्लै पाउने भएको छ । पहिले १६ फिटको भूकम्पले ध्वस्त भको गजुर मर्मत र सुनको मोलम्बा सहित २५ फिट अग्लो हुँदैछ । यो निर्माण सकिएको छ । योसँगै बन्नुपर्ने तीन तले भूमिगत पार्किङ, सुन्धाराको संचालन अनि मुद्रा र भूकम्प संग्रहालका लागि आधारभूत काम भइरहेका छन् ।

तीन तला मुनिबाट
धरहरा बनाउनेहरु चिन्ता सुन्धाराको पानीलाई कहाँँबाट निकास दिने भन्ने केन्द्रित भएको छ अहिले। सामान्य सतह भन्दा ७.२ मिटर तल रहेका सुन्धारामा पानी आउनु पनि पर्यो र आएको पानी कतै निकास भएर जानु पर्ने पर्यो । यसका लागि सुन्धाराको दक्षिणतर्फ रंगशालाको आग्नेय कुना हुँदै टुकचा र सम्म ढल हाल्नुपर्ने अवस्था छ । त्यो ढल खन्ने काम लरोतरो हुने छैन ।

बाँकी दुई वटा संग्रहालय मध्ये मुद्रा संग्रहालयका लागि संरचना निर्माण सहज देखिन्छ भने भूकम्प संग्रहालयको काम केही जटिल छ । ”त्यहाँ जाने मानिसले भुकम्प बारे एउटा गतिलो जानकारी मात्र होइन भुकम्प आउँदा जमिन कसरी हल्लिन्छ भन्ने अनुभूति समेत लिएर फर्कन पाउनेछन् । यसैले यसको कामपनि महत्वपूर्ण छ । अहिले जति जे बनिसक्यो हामी भिडियोमा देखाउँदैछौ ।

सम्बन्धित खबरहरु