काठमाडौ । भोली माघ १६ गते अर्थात शहीद दिवस । देशभरी विभिन्न कार्यक्रमको आयोजना गरिदैछ । शहीदको सम्मानमा देशभर कार्यक्रम हुन्छन् । यही अवशरमा तनहुँको व्यास नगरपालिकाले भोली (शुक्रवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शहीद दिवसको अवसरमा नेपाल सरकारद्वारा प्रदान गरिँदै आएको सार्वजनिक बिदा केही वर्षयता कटौती भएको सन्दर्भ र व्यास नगरपालिकाले सोही अवसरमा हरेक वर्ष अल्ट्रा म्याराथन गर्दै आएकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले आज (बिहीवार) सूचना जारी गर्दै व्यास नगरपालिका–५ मानुङदेखि वडा नं ८ को पुलिमराङसम्म आयोजना हुने म्याराथनको परिप्रेक्ष्यमा शहीदको सम्मानस्वरुप सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था एवम् सम्पूर्ण सामुदायिक तथा निजी शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेका छन् ।

सम्बन्धित खबरहरु