काठमाडौं । सामान्यतया मन्दिरहरुमा महिला पुजारी हुँदैनन् । यो बीचमा गुठी संस्थानले असनको अन्‍नपूर्ण नारायण मन्दिरमा पहिलो पटक महिला पुजारी नियुक्त गरेको छ ।

गुठी संस्थानले अन्‍नपूर्ण नारायण मन्दिरमा सहनशीला शर्मा झालाई एक वर्ष परीक्षणकाल रहनेगरी पाँच वर्षका लागि नियुक्त गरेको जानकारी गराएको छ । पहिलो पटक महिला पूजारीको रुपमा नियुक्त भएपछि सहनशीलाले सामाजिक सञ्जालमा खुसी व्‍यक्त लामो स्टाटस पनि राखेकी छिन् । उनको फेसबुक स्टाटस यस्तो रहेको छ ः

कुनै पनी महिलालाई पुजारी नियुक्त गर्ने नियम गुठी संस्थानमा रहेनछ । तर मैले उहाँहरुलाई किन हुँदैन त भन्ने प्रश्न राख्दा महिला पुजारी हुन मिल्दैन भन्ने जवाफ पाँए तर पनी प्रयास गरीरहे र आज नीयुक्ती पत्र पनी पाँए । पुर्खाले गर्दै आएको पुजाआजा परम्परामा संधै छोरालाई मात्र अधीकार दिइन्थ्यो । आज मैले यो परम्परालाई जीतें ।

मेरो पुर्खा पक्कै पनी खुशी छन् होला , विशेष गरी मेरो भाई प्रमोद लाई धेरै धन्यवाद, साथै गुठी संस्थानका सम्पुर्ण कर्मचारी तथा काठमाडौं महानगरपालिका–२५ का अध्यक्ष चिनीयाँमान बज्राचार्यज्यु लाई पनी धन्यवाद । सायद म नेपाल कै प्रथम महिला पुजारी नीयुक्ती भएको हो की ? अरु कोही हुनुहुन्छ थाहा भएन ।

https://www.facebook.com/sahanshila.sharma.5/posts/10159824592511412

सम्बन्धित खबरहरु