काठमाडौं । चर्चित गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने चर्चा सुरु भएको छ । विशेष स्रोतका अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेकी छिन् । तपाईंलाई जानकारी गराउ कि यो उनको दोस्रो विवाह हो । उनले छोरी परितोशिकाको अनुरोधका कारण विवाह गर्न लागेको स्रोतको दावी छ । परितोशिकाले केही अन्तरवार्ताहरुमा आफुले आमालाई दोस्रो विहेका लागि अनुरोध गरेको कुरा बताउँदै आएकी थिइन् । जानकारी अनुसार गायिका पन्तले भव्य रुपमै विवाह गर्दैछन् ।

विवाहका लागि अञ्जु र थीरको अहिले चर्चित बुटिकमा लुगा तयार भइरहेको चर्चा पनि बजारमा भइरहेको छ । गायिका पन्तले यसअघि गायक मनोजराज सँगको वैवाहिक जीवन कानूनी रूपमा टुङ्ग्याएकी थिइन् । यद्यपि गायिका पन्त स्वयंमले आफ्नो विवाहका बारेमा भने अहिलेसम्म केही पनि बताएकी छैनन् । कामको कुरा गर्दा उनी अहिले नेपाल टेलिभिजनबाट प्रशारण हुने वाईवाई नेपाल स्टारमा निर्णयकको रुपमा रहेकी छिन् ।

सम्बन्धित खबरहरु