काठमाडौ । रोटरी क्लब दरबारमार्ग विश्वकै धूम्रपान मुक्त क्लब बनेको छ । यस क्लबमा आवद्ध कोहीपनि सदस्य धूम्रपान नगर्ने भएका कारण यो घोषणा गर्न सकिएको क्लवका अध्यक्ष लाक्पाफूटी शेर्पाले बताउँनुभयो । रोटरी क्लब अन्र्तराष्ट्रिय गैर सरकारी संस्था हो । यसले विश्व मानव समुदायको हितमा अतुलनीय काम गरेको छ । रोटरी क्लब दरबारमार्गले १४ जनवरीमा क्लबको असेम्बली भव्यताका साथ सम्पन्न गरेको छ ।

 

उक्त अवशरमा डिस्ट्रिक्ट गवर्नर्स अफिशियल क्लब भिजिट समेत भएको थियो । कार्यक्रममा रोटरी क्लब डिस्ट्रिक्टबाट पाल्नुभएका अतिथिहरुले क्लवले प्राप्त गरेको उपलब्धीको उच्च प्रसंशा गर्नुभयो । कार्यक्रममा नयाँ सदस्यहरुलाई स्वागत समेत गरिएको थियो । सबै जानकारी भिडियो मार्फत लिनसक्नुहुनेछ ।

https://www.youtube.com/watch?v=qtYQtQi3X6k&feature=youtu.be

 

सम्बन्धित खबरहरु