काठमाडौ । खुशीको खबर आएको छ । चीनले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन दिने भएको छ । तत्काल तीन लाख डोज कोरोनाविरुद्ध भ्याक्सिन अनुदानमा उपलब्ध गराउने प्रतिवद्धता आएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालस्थित चिनिया दूतावासले यसबारे जानकारी गराएको हो ।

चीन भित्रसमेत कोरोनाविरुद्धको भ्याक्सिनको माग उच्च रहेको बेला नेपाललाई भ्याक्सिन दिने निर्णय गरेको गरको हो । दूतावासले नेपाली सरकारी अधिकारीहरुसँग भ्याक्सिन आपूर्तिबारे छलफल भईरहेको जनाएको छ। चिनीया कम्पनी सिनोफार्म नामक कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको भ्याक्सिन नेपाललाई दिन लागेको हो । हालै चीन सरकारले उक्त भ्याक्सिन उत्पादनको लागि अनुमति दिएको थियो ।

सम्बन्धित खबरहरु