काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य करण केसीले फेरी एकपटक नेपाल र नेपालीको नाम विश्वभरी चम्काएका छन् । विश्वले हेरिरहेको युएईमा जारी टी–१० लिगमा विश्व चर्चित क्रिस गेल पहिलो बलमै आउट गरे । यो दृष्यपछि विश्वभरीका क्रिकेट प्रेमीले क्रिकेटर भनेका त यस्ता पो त भनिरहेका छन् ।

चौथो संस्करणको टी–१० मा पुने डेभिल्सबाट खेलिरहेका करणले टीम अबुधाबीका क्रिस गेलको विकेट लिए त्योपनि पहिलो बलमा नै यो अहिले विश्वभरी चर्चा बनिरहेको छ । अहिले भइरहेका खेलमा करणले आफ्नो ओभरको पहिलो बलमै गेललाई बोल्ड गरे ।

विकेट लिएपनि करणले त्यसपछि ५ बलमा १८ रन खर्चिए । करणको अन्तिम तीन बलमा जोए क्लार्कले लगातार चौका प्रहार गरेका थिए । टीम अबुधाबीमा रहेका नेपाली खेलाडी कुशल मल्ल भने प्लेइङ– ११ मा छैनन् । यस्तै अलराउण्डर पारस खड्का यस पटक अबुधाबीको मेन्टरको भूमिकामा छन् ।

करणले यसअघिका दुई खेलमा एक–एक ओभर बलिङ गर्दा विकेट लिन सकेका थिएनन् । डेक्कन ग्लाडिएटर्स विरुद्धको पहिलो खेलमा एक ओभरमा १७ रन खर्चिएका करणले कल्नदर्स विरुद्ध दोस्रो खेलमा सुधारिएको बलिङ गर्दै एक ओभरमा ९ रन खर्चिएका थिए । नेपालका अर्का खेलाडी सोमपाल कामीले पनि साविक विजेता मराठा अरेबियन्सबाट लगातार तीन खेल खेलिसकेका छन् तर विकेट लिन भने सकेका छैनन् । यो प्रतियोगितामा करण केसी चर्चाको पात्र बनेका छन् ।

सम्बन्धित खबरहरु