काठमाडौं । कमल पोखरी परिसरभित्रका भवनहरु भत्काइएको छ । सिमसार कमल पोखरी परिसरभित्र रहेको भवनहरु काठमाडौं महानगरपालिकाले भत्काएको हो । आइतबार (आज) डोजर प्रयोग गरेर कमलपोखरी स्पोर्टस् क्लब, र राधे–राधे सत्संग् भवन भत्काइएको महानगरले जानकारी दिएको छ ।

पोखरी परिसरभित्र रहेको महानगरीय प्रहरी वृत्तको भवन पनि भत्काइको छ ।कमलपोखरी पुनःनिर्माण गर्ने योजनाअनुरुप भवनहरु भत्काएको महानगरपालिकाले जानकारी दिएको छ । विनासूचना भवनहरु भत्काएको भन्दै क्लवका पदाधिकारी र प्रहरीले आपत्ति जनाएको छ ।

सम्बन्धित खबरहरु