काठमाडौ । सासु बुहारी मिलेर गैर कानुनी काम गरेको फेला परेपछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नि'यन्त्रित ब'स्तु स'हित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेसत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो । उनीहरुलाई सार्वजनिक गर्दै सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

“विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा उक्त ब'स्तु भे'टिएको थियो”, उनले भने, “सासू कौशिलाको कोठामा समेत खानतलासी गर्दा थप अरु फेला परेको हो । प्रहरीले शान्ति सिंहको साथमा रहेको रु २१ हजार ५०० नगद पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।

 

सम्बन्धित खबरहरु