काठमाडौ । सरकारले गैरआवासीय नेपालीका लागि बिनाशर्त अनअराइभल भिसा खुला गरेको छ । अध्यागमन विभागले सूचना जारी गर्दै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा पाउने सूचीमा गैरआवासीय नेपालीलाई समेत राखिएको छ ।

यसअघि सरकारले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएमा मात्र अनअराइभल भिसा दिने गरेको थियो । अध्यागमन विभागले १० मंसिर, १० पुस र ११ माघको अनुसार मन्त्रिपरिषद्को निर्णयबाट भएका व्यवस्थाहरु सार्वजनिक गरेको छ । जसअनुसार अब नेपाली मुलका विदेशी (राहदानीमा जन्मस्थान नेपाल उल्लेख भएको) वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली नागरिकलाई बिना शर्त अनअराइभल भिसा दिइने भएको छ ।

यसबाहेक कुटनीतिक–औपचारिक राहदान बाहक वा यूएनका कर्मचारीले समेत बिना शर्त अनअराइभल भिसा पाउने छन् । नेपालमा रहेका अन्तर्राष्टिय संस्थामा कार्यरत विदेशीलाई समेत अब बीना शर्त अनअराइभल भिसा दिइने भएको छ ।

सम्बन्धित खबरहरु