काठमाडौं । विश्वविद्यालयले शिक्षक माग गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले एक विज्ञापन जारी गर्दै यस्तो जानकारी दिएको छ । जारी विज्ञापनमा भनिएको छ, ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतका आंगिक क्याम्पसहरू भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटका लागि एक (१) र मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस रूकुमका लागि दुई (२) जना आंशिक शिक्षकहरूको पदपूर्ति गर्नुपर्ने भएकोले २१ वर्ष उमेर पुरा भई ५० बर्ष ननाघेका कुनै पनि विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नात्तकोत्तर तहमा कम्तिमा ५० प्रतिशत वा सो सरह उपाधि हासिल गरेका ईच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ ।

स्नातकोत्तर तहमा सर्वोकृष्ट स्थान हासिल गरेक एमफिल वा पिएचडी गरेका आवेदकलाई प्राथमिकता दिइनेछ । यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयमा एस.एल.सी. देखि माथि सबै शैक्षिक तहका प्रमाणपत्रहरू, नागरिकता, बायोडाटा, एक प्रति फोटो र निवेदन सहित मिति २०७७–१०–२६ भित्र मध्यपश्चिमाञ्चल विश्वविद्यालय व्यव‚थापन संकायको डीन कार्यालय, सुर्खेतमा सिधै वा तोकिएको ईमेल मार्फत दरखास्त दिनुहुन जानकारी गराइन्छ ।’

सम्बन्धित खबरहरु