काठमाडौ । प्रतिनिधि सभा सभामुखले सुनुवाइसम्बन्धी पत्र फिर्ता पठाएकोमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपत्ति जनाएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले सुनुवाइसम्बन्धी सक्कलै पत्र फिर्ता गरी उनले सभामुखमा नभएको अधिकार प्रयोग गरी फिर्ता गरिएको हिजो आइतबार जानकारी गराएका थिए । प्रतिनिधि सभाका सभामुखले पत्रहरु फिर्ता गर्नुका साथै त्यसमा प्रयुक्त व्यहोराबारे आफ्नो ध्यानाकर्षण भएको तिमिल्सिनाले बताए ।

उनले सोमबार पत्रकार सम्मेलन गरी राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले सभामुखको पत्रले राष्ट्रियसभाको गरिमामा प्रहार भएको भन्दै आपत्ति जनाएका हुन् । ‘हिजोको पत्रमा राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग हुँदा मैले आपत्ति जनाउनु परेको हो’ उनले भनेका छन् ।

नेपालको संविधान र संघीय संसदको बैठक तथा संयुक्त समिति कार्यसंचालन नियमावली २०७५ ले संसदीय सुनुवाइ समिति गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरेको भन्दै तिमिल्सिनाले दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सुनुवाइ समितिका संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित नरहेको बताएका छन्।

बैठकमा सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना सहभागी भएको त्यो बैठकमा नियुक्ति सिफारिसबारे छलफल भएपनि कुनै निर्णय नभएको बताइएको थियो ।

 

सम्बन्धित खबरहरु