काठमाडौ । तपाईलाइपनि अनौठो लागेको हुनुपर्छ कसैले कलिलै उमेरमा ह्वात्तै पैसा कमाउन थाल्छन् । उदाहरणका लागि अशोक दर्जी, सचिन परियाल, कमला घिमेरेहरु हेर्नुहोस् न भाडाकुटी खेल्ने उमेरमा नै पैसा र नाम कमाउन थाले । यो उनीहरुले जन्मिदै लिएर आएको योग हो । ज्योतिशी शास्त्र अनुसार मानिसहरुको भविष्यवाणी आफ्नो राशिहरुबाट हुन्छ । राशि जन्मिएको समयमा निर्धारित हुन्छ । तपाईको जन्म कुन कोखबाट भयो भन्ने हैन कुन समयमा भयो भन्ने प्रमुख कुरा छ । किनभने जन्म, विवाह, मृत्युको लागि पनि राशि आवश्यक हुन्छ ।

त्यसैले १२ वटा राशिहरु मध्ये यी ३ राशिहरु भएको मानिसहरु चाहि एकदमै भाग्यमानी हुने शास्त्रमा उल्लेख छ । उनीहरुले सानै उमेर देखि नै सुख , शान्ति र धेरै धन आर्जन गर्ने हुन्छन् ।

कन्या राशि
यो राशि हुने ब्यक्ति अरु राशिहुनेहरु भन्दा बिलकुलै फरक हुन्छन् । किनभने उनीहरुसगँ आत्म विश्वास र कठोर परिश्रम र हरेक काम गर्नु पूर्व सोचेरमात्र काम गर्ने भएकाले यस्तो शुभ रहेको छ । जो एकदमै भाग्यमानी हुन्छन् ।

वृष राशि
यो राशि हुने मानिसहरु पनि सधै जीवनमा छिट्टै सफलता हात पार्ने हुन्छन् । किनभने यो राशि हुनेहरु शान्त , आफ्नो निर्नयमा अडिग रहने , मेहनती र जस्तो सुकै दुखमा पनि बाच्ने भएकाले यो राशि हुने ब्यक्तिले प्रशस्त धन आर्जन गर्छन् ।

धनु राशि
यो राशि हुने मानिसहरु पनि अत्यन्तै सालिन स्वभावका मिहेनती हुनाले प्रशस्त धन कमाउने हुन्छन् । किनभने हरेक काम गर्दा नया नया तरिका अपनाएर काम गर्नुको साथै थोरै पैसालाई जम्मा गरेर धेरै बनाउने हुन्छन् ।

 

सम्बन्धित खबरहरु