काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको मध्यावधि चुनाव अब कुनै हालतमा नसर्ने दावी गर्नुभएको छ । सोमबार ढल्केबरमा विद्युत सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गतेको चुनाव अब एक दिन पनि पर नसर्ने दाबी गर्नुभएको हो ।

प्रदेश २ मा पहिलो चरणमा चुनाव हुने भन्दै उहाँले भन्नुभयो, ‘तपाईंहरु तयार हुनुस्, एक दिन पनि पर सर्दैन ।’ कोही चुनावको तयारी नगर भनेर निर्वाचन आयोग गएको भन्दै उहाँले भन्नुभयो ‘निर्वाचन आयोगको काम चुनाव नगराउने होइन, गराउने हो । निर्वाचन आयोगले गराउनुपर्छ र गराउँछ ।’ कसैलाई भ्रम नहोस् । चुनाव पक्का हुन्छ ।

सम्बन्धित खबरहरु