१. सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको विश्वको सबैभन्दा कान्छो मुलुक दक्षिण सुडानमा जा'तीय द्व'न्द्व जारी रहेको छ । लामो समयदेखिको आन्तरिक द्ब'न्द्बको का'रण दक्षिण सुडानमा करिब ४,००,००० बढिले ज्या'न गुमार्इ सकेका छन् भने लाखौ विस्थापित भएकाछन् । राष्ट्रपति साल्भा कीरले विपक्षि पार्टीका नेता हाल उपराष्ट्रपति रिक माचारका साथ संयुक्त सरकारगठन गरेपश्चात् पनि उनीहरु बिच अविश्वास कायमै रहेको कारण अझै अस्थिरता रहिरहेको हुंदा असन्तुष्ट वि'द्रोही स'मुहहरु र राष्ट्रिय सेना बिचको द्व'न्द्व नि'रन्तर नै रहि रहेको छ ।

२. उक्त देशको स्थापना कालदेखि नै United Nations Mission in South Sudan(UNMISS)मिशनको तैनाथी रहेको र Protection of Civilian (POC) अर्थात नागरिकहरुको संरक्षण गर्नु उक्त मिशनको मुख्य म्यान्डेट रहेको छ । संयुक्त राष्ट्र संघको जटिल मिशन मध्ये एक UNMISS मिशनमा हाल ७३ वटा देशहरुका करिब २०,००० शान्ति सैनिक कार्यरतरहेका छन् । नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आह्वानमा उक्त द्व'न्द्वग्र'स्त अफ्रिकी राष्ट्र दक्षिण सुडानमासन् २०११ मा फोर्स रिजर्भ बटालियनको रुपमा पहिलो पटक सहभागिता जनाएकोमा हाल Surge Battalion १(एक) र High Readiness Company १(एक) थप तैनाथ भएका छन्। दक्षिण सुडानमा नेपाली शान्ति सैनिकले निर्वाह गरेको सराहनीय भुमिकाको कारणमिशनमा सहभागीता बृद्धि भएको तथा यसले अन्तर्राष्ट्रिय स्तरमा शान्ति मिशनमा नेपाली सेनाको विश्वसनियता बढेको छ ।

३. पछिल्लो समयमा नेपाली शान्ति सैनिकले उक्त देशको दक्षिणी क्षेत्रमा रहेको Lainya ईलाकामा गरेको अ'परे'शनले स्थानिय बासिन्दाको विश्वास जित्न सफल भएको छ । गत पुस महिनामा उक्त ईलाकामा वि'द्रो'ही संगठन NationalSalvation Front (NAS) र स्थानीय बासिन्दाबीच झ'ड'प भई १३ जनाको मृ'त्य भएपश्चात्अचानक अस्थिर भएको सुरक्षा अवस्थामा थप हिं'सा भ'ड्क'न न'दिन तथा स्थानीयलाई सुरक्षाको प्रत्याभुति दिलाउन नेपाली शान्ति सैनिक तत्काल परिचालित भइ Temporary Operating Base (TOB) स्थापना गरेको रस्थानिय प्रशासनको समन्वयमा विभिन्न अ'परेश'नल कार्यहरु संचालन गरेर Lainya लगायत Lourubang तथा Loka ईलाकाहरुको सुरक्षा स्थितिनियन्त्रणमा ल्याउन सफल भएको थियो । शुरुमा करिब ५०० जना विस्थापित स्थानिय जनताहरु नेपाली शान्ति सैनिकको TOB नजिकै सुरक्षाको लागी आश्रय लिन आएकामा नेपाली सेनाकोसफल सुरक्षात्मक का'र्वाही'हरुका कारणसुरक्षा स्थिति सामान्य हुँदै गएपछि स्थानीय जनताहरु आ-आफ्नो घर फर्केका थिए ।

४. त्यसैगरी दुई महिना अघि दक्षिण सुडानको Lakes State को Cueibet ईलाकामा अन्तर जा'ति'य द्व'न्द्वको प्र'वल सम्भावना देखिएको थियो । स्थानीयदुई जातिबीचमा हुन ला'गेकोहिं'सा'लाई नेपाली सेनाले समयमै हस्तक्षेप गरेरस्थानीय जनताहरुको रक्षा तथा दुई पक्षबीच वार्ता गराएर समस्यालाई सामान्यीकरण गरेको थियो । उक्त सफलताको दक्षिण सुडान सरकार र संयुक्त राष्ट्र संघले नेपाली सेनाको प्रशंसा गरेकाथिए ।

५. दक्षिण सुडानको राजधानी Juba मा तैनाथ श्री गोरखबहादुर गण (शा से ७ औं डफ्फा) का गणपतिप्रमुख सेनानी सुशील प्याकुरेलका अनुसार मुख्यतया सुख्खा मौसममा गाईवस्तुहरुको बसाई सराईको कारण भड्किन सक्ने हिं'सा'हरुको स्था'न पहिचान गरी उक्त स्थानमा नेपाली शान्ति सेनाले Temporary Operating Base (TOB) स्थापना गरी अ'परे'शनल कार्यहरु संचालन गर्ने गरेकोलेस्थानीय समुदायमा नेपाली सेना प्रति विश्वास बढ्दै गएको जानकारी दिनु भएको छ ।

६. हाल ५२ जना महिला शान्ति सैनिकहरु उक्त मिशनमा कार्यरत रहेका छन् । प्रत्येक शान्ति सेनामा सहभागी भएका युनिटहरुमा रहने Female Engagement Team ले समुदायमा गएर विभिन्न लैं'गिक सं'वेदनशिल'तासम्बन्धी कार्यक्रम संचालन गर्नुका साथै महिला तथा Vulnerable समुदायको लागि सुरक्षित वातावरण बनाउनमा मद्दत गर्दछ । साथै सन् २०१५ मा UNMISS मिशनको इतिहास मै पहिलो पटक नेपाली महिला शान्ति सैनिकहरु उक्त मिशनमा संचालन भएको “बार्ज अ'परेश'न” मा सहभागी कुल ४० जना शान्ति सैनिकहरु मध्ये ११ जना महिला शान्ति सैनिकहरुसहभागी भर्इ प्रशंसनीय कार्य गरेका थिए । अत्यन्त जोखिम वातावरणमा उक्त बार्ज कन्भोएले दक्षिण सुडानको राजधानी Juba बाट १७०० कि.मि. टाढा Malakal र Melut भन्ने स्थानमा UNMISS मिशनको राशन, इन्धन तथा मानवीय सहायताका सामाग्रीहरु ढुवानी गरेको थियो ।

७. UNMISS Mission मा तैनाथ नेपाली शान्ति सैनिकहरुको यस प्रकारको सक्रिय र सशक्त का'र्वाहिह'रुले द'क्षिण सु'डानको शान्ति स्थापनार्थ कार्यमा विशेष योगदान पु'र्‍याउदै आइरहेको र यसै सन्दर्भमानेपाली शान्ति सैनिकहरुले आफ्नो कर्तव्य तथा जिम्मेवारीलार्इ उच्चस्तरको व्यवसायिकता, समर्पण र प्रतिबद्धताका साथ दक्षिण सुडानमा कार्य गर्दै आइरहेका छन् भन्दै UNMISS मिशनका फोर्स कमाण्डर लेफ्टिनेंट जनरल शैलेशतीनाइकरले मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

 

 

सम्बन्धित खबरहरु