काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समुहले आफ्नो पक्षका विद्यार्थीमाथि प्रहरीले गरेको कारवाहीलाई लिएर घोर निन्दा प्रकट गरेको छ । संसद् पुनःस्थापनका लागि बनेको केन्द्रिय संघर्स समितीका सहसंयोजक योगेश भट्टराईले अनेरास्वबियू केन्द्रिय सदस्य प्रशुन कार्कीमाथि भएको कारवाहीलाई लिएर प्रेसनोट जारी गर्दै निन्दा प्रकट गर्नुभएको हो ।

उहाँले लेख्नु भएको छ, ‘असंबैधानिक र प्रतिगामी कदमका बिरुद्ध आज अनेरास्वबियूको आयोजनामा काठमान्डौको बानेश्वरमा भएको शान्तिपूर्ण बिरोध कार्यक्रम सम्पन्न भएर फर्कनेक्रममा अनेरास्वबियू केन्द्रिय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा रखेपछी प्रहरीद्वारा निर्मम कुटपिट गरेको घटनाको नेकपा केन्द्रिय संघर्स समिती घोर निन्दा गर्दछ ।

प्रहरीको कुटाईबाट प्रशुन कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कार्वाही गर्न माग गर्दछौ । आन्दोलनकरीहरुमाथि कार्वाहीमा उत्रने कुनै पनि ब्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटीसमा राख्ने जानकारी समेत गराउदछौ ।’

सम्बन्धित खबरहरु