काठमाडौं । दोस्रो पटक आमा बन्न लागेकी चर्चित बलिउड अभिनेत्री करिना कपूर फेरि भाइरल भएकी छिन् । करिनाले आफू दोस्रो पटक आमा बन्न लागेको पुष्टि गर्दै इन्स्टाग्राममा केही तस्विर राखेकी छन् । तस्विरमा उनलाई योगा गरिरहेको देख्न सकिन्छ । तस्विरमा उनी गर्भवती भएको स्पष्ट देख्न सकिन्छ । सैफ अली खानसँग विवाह गरेकी करिनाको एउटा छोरा यसअघि नै रहेको छ । करिना र सैफको छोराको नाम तैमुर अली खान हो । तैमूर अहिले ४ वर्षका भएका छन् । सैफ र करिना हालै नयाँ घरमा सरेका छन् । पहिलाको घर सानो भएको भन्दै उनीहरु नयाँ घरमा सरेका हुन् । उनले नयाँ घरको तस्विर पनि इन्स्टाग्राम सेयर गरेकी थिइन् ।

सम्बन्धित खबरहरु